ओलीको शुभकामना कार्यक्रममा सबै दललाई निम्तो

A notice in Nepali from Mechinagar Ward No. 10

पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको आयोजना तथा नेकपा एमाले जिल्ला कमिटि झापाको व्यवस्थापनमा बिर्तामोडमा मंगलवार भएको बडादसैँ, तिहार, छठ, नेपाल संवत लगायत चाडपर्वका अवसरमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा सबै राजनीतिक दलका नेताहरुलाई निम्तो गरी शुभकामना आदनप्रदान गरिएकोछ ।

हरेक वर्ष झै यसवर्ष पनि पार्टी अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री ओलीले यो कार्यक्रमलाई निरन्तरता दिनु भएको हो । राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहितको उपस्थितिमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङ ,नेपाली काँग्रेस झापा सचिव कृष्ण हुमागाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता भक्तिप्रसाद सिटौला,जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राईलगायतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

पार्टीका केन्द्रीय सदस्य, झापाका सहईञ्चार्च तथा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीसहित मञ्चमा नेकपा एमालेका केन्द्रीय , प्रदेश, केन्द्रीय सल्लाहकार परिषद सदस्य, अनुशासन कमिटीका पदाधिकारीहरू, अन्य राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेकपा एमाले झापा जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टीका झापा अध्यक्ष दीपक कार्कीले शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार टीका भण्डारीलगायत राष्ट्रिय जनसाँस्कृितक मञ्चका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.