अर्जुनधारामा फेरि अर्को मृत हात्ती फेला

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असार, अर्जुनधारा : झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता बुद्धशान्ति गाउँपालिका ५ आयाबारीमा पनि एउटा  हात्ती  मृत फेला परेको थियो ।

भारत आसामबाट नेपाल हात्ती भित्रिने सङ्ख्या बढेसगै झापामा जंगली हात्ती मृत भेटिने क्रम समेत बढेको पाइएको छ । बुधबार बिहान  स्थानीयले खोला किनारामा मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला वन कार्यालय झापाका सुवेदार हरि विश्वकर्माले बताउँनुभयो ।

हात्ती करेन्ट लागेर घाईते भई सो स्थानमा आई मरेको हुनसक्ने वा फुड पोइजन भएर पनि हात्ती मरेको हुनसक्ने विश्वकर्माले बताउँनुभयो । जिल्ला पशु स्वास्थ्य कार्यालयबाट पशु चिकित्सकको टोलीले मृत हात्तीको पोष्टमार्टम गरेपछि मात्रै हात्तीको मृत्युको कारण पत्ता लाग्ने वन कार्यालयले जनाएको छ ।

मृत हात्तीमा बाहिरी कुनै चोटपटक नदेखिएको डिभिजन वन कार्यालय  झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी आएलगत्तै प्रहरीको टोली त्यसतर्फ गइसकेको जानकारी दिनुभयो ।

झापामा लामो समयदेखि मानव हात्तीको द्वन्द्व व्यावस्थापन हुन नसक्दा २०६४ सालदेखि झापामा मात्रै ५ भारतीय नागरिक सहित ५२ जनाले ज्यान गुमाईसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.