नगरपालिकाले बाढी प्रभावितक्षेत्रको स्थलगत अवलोकन गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

४ कात्तिक, मेचीनगर : मेचीनगर नगरपालिकाले बैमौसमी बाढी र डुवानका कारण मेचीनगरक्षेत्रमा क्षति पुगेका स्थानको तत्काल स्थलगत अवलोकन गरी क्षतिको विवरण संकलन गर्ने भएको छ । क्षतिको स्थलगत अवलोकनका लागि नगर र वडा स्तरीय समिति निर्माण गर्ने र वडाले आ आफ्ना वडामा भएको क्षतिको विवरण समेत संकलन गर्ने निर्णय भएको छ ।

बुधबार नगरपालिकाको सभाकक्षमा निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको छलफलले नगर स्तरीय टोलीले नगरक्षेत्रमा अविरल वर्षाका कारण क्षतिपुगेको धान खेतीलगायत डुवानक्षेत्रको स्थलगत अवलोकन गर्ने तथा हरेक वडाले आ आफ्नो वडामा पुर्याएको क्षतिको संकलन गर्ने समेत निर्णय गरेको हो ।

कसैलाई उद्घार गर्नुपर्ने भए तत्काल उद्घार तथा बाढीका कारण बाटोघाटो, पुल पुलेसा तथा विद्युत, सञ्चार अवरोध भए तत्काल नियमित सञ्चालनका लागि सक्रियपूर्वक काम शुरु गर्ने समेत निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिनुभयो ।

बाढीका कारण धानबालीमा क्षति भएका किसान तथा जोखिममा परेका नगरवासीकालागि मेचीनगर नगरपालिकाले गर्नुपर्ने उद्घार र सहयोगमा कुनै कमि आउन नदिन स्थानीय सरकार सक्रिय रुपमा रहेको निमित्त नगर प्रमुख उप्रेतीले जानकारी दिनुभयो । बस्ती डुबानमा परेका भए डुबान क्षेत्रमा रहेका नगरवासीलाई नगरका राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु, सुरक्षाकर्मी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सार्ने उहाँको भनाई छ ।

बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै क्षतिको विवरण समेत संकलन गरिने बताइएको छ । लगातार वर्षाका कारण नगरका विभिन्न क्षेत्रमा समेत क्षति पुगेको छ । केही दिनयताको अविरल वर्षाका कारण नगरका किसानको थन्क्याउने बेला भएको धान बाली डुवानमा परेको छ ।

छलफलमा नगरका विभिन्न वडाका वडाध्यक्ष, नगरकार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती आर्थिक विकास शाखा प्रमुख तथा खाद्य अधिकृत दीपेन्द्र कार्की, कृषि विज्ञ टेकेन्द्र प्रधान, नेपाली काँग्रेस मेचीनगर सभापति सुदयकुमार पनेरु, नेकपा एमाले मेचीनगर इञ्चार्ज देवकुमार राईको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.