झापाको मेचीनगर—६ काँकरभिट्टामा बिहीबार भीषण आगलागी : साढे ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान

एसएस फूटवेयर जुत्ता उद्योगमा आगलागी हुँदा साढे ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान : नेपाललगयात भारतका १० वटाभन्दा बढी दमकलले साढे ५ घण्टामा पनि पूर्णरुपमा आगो नियन्त्रणमा लिन सकेनन्

A notice in Nepali from Mechinagar Ward No. 10

२० माघ, मेचीनगर : झापाको मेचीनगर—६ स्थित एसएस फूटवेयर जुत्ता उद्योगमा बिहीबार आगलागी हुँदा साढे ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक विवरण संकलन गरेको छ । श्याम पिन्टु खेतानले सञ्चालन गर्नुभएको जुत्ता उद्योगमा बिहान पौने ११ बजे उद्योगको स्टोर रुमबाट आगो शुरु भएको थियो ।
नेपाललगायत भारतको पश्चिम बंगालका समेत गरी करीव १० वटाभन्दा बढी दमकले आगो नियन्त्रणमा लिन लाग्दा यो समचार तयारपर्दासम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ९० प्रतिशत आगो नियन्त्रणमा आएको र थप क्षति हुनबाट बचाईएको छ ।
विद्युत सट भएर भएको आगलागीमा स्टोर रुम आरसीसी ठूलो भवन बाहेक उद्योगमा तयारी अवस्थामा रहेका जुत्ताचप्पल, त्यसलाई चाहिने कच्चा पदार्थ, केमिकलसहित अन्य सामान पुरै डढेर नष्ट भएका छन् । स्टोर रुम आरसीसी ठूलो भवन जलेर पुरै नष्ट भएको छ भने छेउछाउका भवनमा समेत क्षति पुगेको छ ।
झापाको विर्तामोड, भद्रपुर, दमक नगरपालिका, कमल गाउँपालिका, मोरङको बेलवारी, कानेपोखरी, लेटाङ, उर्लावारी तथा इलामको सूर्याेदय नगरपालिका र भारतको पश्चिम बंगालका २ वटा गरी करीव १० वटाभन्दा बढी दमकल र स्थानीयवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाले आगो निभाउने प्रयास गरेका थिए ।
यस उद्योगाले जुत्ता चप्पल उत्पादन गर्ने गरेको छ । यहाँबाट उत्पादन भएका जुत्ता चप्पल नेपालका स्थानीयदेखि विभिन्न बजारसम्म पुग्ने गरेको छ ।

फोटो फिचर(सुजन प्रधान) :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.