घरभित्र बस्दैमा चट्याङ्बाट सुरक्षित भइन्छ ?, बच्न यी उपाय अपनाउनुस्

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : चट्याङ्बाट बच्न घरभित्र बस्नु सबैभन्दा सुरक्षित उपाय हो । तर, घरभित्र बस्दा पनि चट्याङ्बाट सुरक्षित रहन सावधानी भने अपनाउनु पर्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानी परेको, गड्याङ्गुडुङ गरेको तथा चट्याङ् परिरहेको बेला तारवाला टेलिफोन प्रयोग गर्न नहुने बताएको छ । विद्युतीय सामग्री चार्ज गर्न राखेको छ भने प्लगबाट छुटाइदिनुपर्छ । “मोबाइल, टेलिभिजन, वासिङमेसिन, कम्प्युटर, आइरन, फ्रिजजस्ता विद्युतीय सामग्री प्लगबाट छुटाउनुपर्छ,” प्राधिकरणले भनेको छ, “भाडा माझ्ने, नुहाउने काम गर्नु हुँदैन । पर्खाल तथा झ्यालको छेउमा बस्नु हुँदैन, झ्याल, बरण्डा, सिँडीका ग्रिल छुन हुँदैन ।”

फलाम, तामा तथा पित्तलबाट विद्युतीय करेन्ट प्रवाह हुने भएकाले पानी परेको, गड्याङगुडुङ गरेको तथा चट्याङ् परिरहेको बेला यस्ता सामग्री छुन हुँदैन ।

चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट भएको भन्दै यसबाट जोखिन सकिने प्राधिकरणले जनाएको छ । यसबाट घरहरुलाई धातुका सामग्री प्रयोगगरी चट्याङबाट सुरक्षित गर्न सकिने प्राधिकरणको भनाइ छ । “तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातुका रड तथा पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गरेको खण्डमा धेरैहदसम्म हाम्रा घरहरु चट्याङबाट जोगिन सक्छन्,” प्राधिकरणले भनेको छ ।

चट्याङबाट बच्न गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर निस्किन नहुने र निस्किसकेको भए घर अथाव सुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले भनेको छ । विपद्बाट जोगिन चनाखो हुन र यसबारे चासो राख्न पनि प्राधिकरणको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.