बंगलादेशसँग २० वटा वस्तुमा चाँडै सम्झौता हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२६ जेठ, मेचीनगर : बंगलादेशका राजदुत महामहिम सालाउदिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता गरिने बताएका छन् ।

बिहीबार नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजदुत चौधरीले यस्तो कुरा बताएका हुन् ।

२/३ महिना भित्र २० वटा वस्तुहरु बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने उनले बताए ।

२० वटा वस्तुहरु के के हुन् त्यसबारेमा भने राजदुत चौधरीले खुलाएनन् । व्यापार र पर्यटन प्रवर्द्धनका विषयमा गहन भएर छलफल गरिने बताईएको छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीले नेपाल, भारत र बंगलादेशबीच व्यापार र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढिने बताएका छन् ।

मेचीनगर नगरपालिका र बंगलादेशबीच भगेनी सम्बन्ध कायम गर्न स्थानीय सरकारको तर्फबाट नगरप्रमुख र उपप्रमुखले राजदुत चौधरीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल बंगलादेश फ्रेण्डसीप सोसाईटीका अध्यक्ष डा.खालिद हुसेन, मेचीभन्सार कार्यालयका प्रमुख केशवराज ओली, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, व्यवसायी बन्दना मेचे लगायतको उपस्थिति रहेको थियो ।

नेपाल बंगलादेश च्याम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन ट्रेडर्सका अध्यक्ष योगेश राजवंशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.