मौद्रिक नीति शुक्रबार आउने, प्रधानमन्त्रीलाई आजभोलिमा ब्रिफिङको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

४ साउन, काठमाडौँ : मौद्रिक नीति ढिला हुँदा अनेक आशंकाबीच राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार केही प्राविधिक कारण मौद्रिक नीति आउन ढिला भएको हो । ‘प्रधानमन्त्रीलाई आज या भोलिमा ब्रिफिङ हुन्छ त्यसपछि सार्वजनिक हुन्छ’, ती अधिकारीले भने ।

मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समितिमा पेस भइनसकेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । सबै काम सकेर शुक्रबार सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको बताइएको छ ।

एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी खोटाङ महाप्रसाद अधिकारी नै भएको दाबीसहित सत्ता गठबन्धनले गभर्नरको राजीनामा माग गरिरहेका बेला मौद्रिक नीतिप्रति आशंका बढाइरहँदा राष्ट्र बैंक सार्वजनिक गर्ने तयारीमा जुटेको हो ।

गभर्नरले आफू कुनै पार्टीमा नभएको प्रष्टीकरण दिइसकेका छन् । त्यस्तै एम अधिकारी गभर्नर नभएको एमालेले बताइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.