११ महिनामा १९ करोडभन्दा बढीको तास आयात, कुन देशबाट कति ?

A notice in Nepali from Mechinagar Ward No. 10

२४ असार, काठमाडौँ : चालु आर्थिक वर्षको ११ महिनामा १९ करोड भन्दाबढीको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म नेपालमा विभिन्न देशबाट १९ करोड ८९ लाख ५७ हजारको तास आयात भएको छ ।

तास आयातबाट सरकारले १२ करोड २२ लाख ८६ हजारको राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा ६६ लाख ६४ हजार रुपैयाँले तास आयात घटेको हो ।

गत वर्ष सोही समयमा २० करोड ५६ लाख २१ हजार तास आयात भएको थियो ।

कुन देशबाट कति तास आयो ?
यस वर्ष सबैभन्दा धेरै तासाको आयात चीनबाट भएको छ । भन्सार विभागका अनुसार नेपालमा चीन, भारत, जापान, मलेसिया, यूएई, बेलायत र अमेरिकाबाट तास आयात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चीनबाट १७ करोड ६ लाख दुई हजार र भारतबाट दुई करोड तीन लाख १८ हजारको तास आयात भएको छ ।

जापानबाट तीन हजार, मलेसियाबाट एक हजार र अमेरिकाबाट सात हजारको तास आयात भएको विभागले जनाएको छ ।(बाह्रखरीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.