पूर्वीनाका भएर नौ महिनामा आठ करोड रुपैयाँ बढीको जडीबुटी निर्यात, मागबढेसँगै निर्यातमा समेत बृद्धि

A notice in Nepali from Mechinagar Ward No. 10

९ बैशाख, मेचीनगर : नेपाल प्रवेशको प्रमुख नाका मानिएको झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म आठ करोड भन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ ।

भारतले विभिन्न वहानामा नेपालका कृषि तथा कृषिजन्य वस्तुको आयातमा समय समयमा अवरोध गरे पनि वा विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि चालु आव २०८०/८१ को पहिलो नौ महिनामा आठ करोड ९७ लाख ६७ हजार रुपैयाँ मुल्य बराबरको तीन लाख ३३ हजार ६ सय ३२ किलोग्राम जडीबुटी निकासी भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी तथा भन्सार अधिकृत गणपति कडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा एक करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको ८६ हजार किलोग्राम जडीबुटी बंगलादेश, छ करोड ४२ लाख ९१ हजार रुपैयाँ मुल्य बराबरको दुई लाख ४७ हजार ८२ किलोग्राम जडीबुटी भारत तथा एक करोड १२ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको पाँच सय किलोग्राम जडीबुटी इटली निर्यात भएको छ ।

काँकरभिट्टा नाका भएर बंगलादेश, भारत, इटली र भियतनामलगायतका मुलुकमा नेपाली जडीबुटी निर्यात हुने गरेको छ । यो नाका भएर नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटी चिराइतो, मञ्जिथा, विशजारा, जट्टामसी, चुत्थ्रोजातका नेपाली जडीबुटी सबैभन्दा बढी निकासी भइरहेको छ । औषधी, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई बङ्गलादेश जस्ता तेस्रो मुलकमा पनि निर्यात भइरहेको व्यवसायीहरुको भनाई छ । चिराइतो इटली निर्यात हुन्छ ।

भन्सार सुत्रका अनुसार गत आर्थिक वर्ष २०७९/८० को सोहि अवधिमा यो नाका भएर तीन करोड ८६ लाख ३८ हजार रुपैयाँ मुल्य बराबरको २० लाख ८ हजार २ सय ६४ किलोग्राम नेपाली जडीबुटी निर्यात भएको कार्यालयको अभिलेखले स्पष्ट पारेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को को तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा पाँच करोड ११ लाख २९ रुपैयाँ बढीका एक लाख २५ हजार छ सय ६८ किलोग्राम नेपाली जडीबुडी निर्यात भएको सूचना अधिकृत कडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय बंगलादेशमा निक्कै नेपाली जडीबुटीको माग बढेको छ । माग बढेसँगै पूर्वीनाकाबाट जडीबुटी निर्यातमा समेत बृद्धि भएको भन्सार अधिकारीहरुको भनाई छ । अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा एक करोड १६ लाख ३८ हजार रुपैयाँ मुल्य बराबरको ६७ हजार दुई सय ४५ किलोग्राम जडीबुटी बंगलादेश, दुई करोड ५७ लाख ४४ हजार रुपैयाँ मुल्य बराबरका एक लाख ३५ हजार पाँच सय ४९ किलोग्राम जडीबुटी भारत र १२ लाख ५६ हजार रुपैयाँ मुल्य बराबरका पाँच हजार चार सय ७० किलोग्राम नेपाली जडीबुटी भियतनाम निर्यात भएको बताईएको छ । नेपाल जडीबुटी निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको अनेकौँ कठिनाइका बाबजुद पनि व्यवसायीले नौ महिनामा यति ठूलो परिमाणमा जडीबुटी निकासी गर्न सफल हुनु निकै सकारात्मक भएको बताएका छन् । विविध कारणले जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षबाट पुनः उकालो लाग्ने संकेत मिलेको व्यवसायीहरुको भनाई छ । पूर्वी पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि काँकरभिट्टा नाका प्रमुख मानिन्छ ।

जडीबुटी निर्यात वापत निर्यातकर्ताले एकसय रुपैयाँ १३ रुपैयाँ राजस्व बुझाउनुपर्छ । नेपाल सरकारले नेपाली कृषि तथा कृषिजन्य वस्तुको निर्यात प्रवद्र्धनका लागि व्यवसायीहरुलाई सहुलियत दिएको भन्सार अधिकारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.