कतारमा १२ हजार श्रमिक लान अनुमति

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — नेपाली दूतावासले कतारमा १२ हजार जना नेपाली श्रमिक लैजान रोजगारदातालाई अनुमति दिएको छ । कोरोना महामारीपछि कतारी श्रम बजारको सुधारोन्मुख अवस्थालाई मध्यनजर गर्दै दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको छ ।
दोहास्थित नेपाली दूतावासमा झन्डै १० महिनादेखि नयाँ श्रमिक लैजाने मागपत्रको प्रमाणीकरण रोकिएको थियो ।
‘मागपत्र प्रमाणीकरण सुरु भएपछि रोजगारदाता आउने क्रम बढेको छ । झन्डै तीन साताभित्र नै १२ हजार जना ल्याउन अनुमति पाइसकेका छन्,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कान्तिपुरसँग भने, ‘श्रमिक ल्याउने माग गर्दै दैनिक रूपमा रोजगारदाता दूतावास आइरहेका छन् ।’ नेपाली श्रमिकका लागि हाल कतार अनुकूल बनिरहेको उनले बताए ।

‘कोभिडपछि कतारको श्रम बजारको अवस्थालाई हामीले नजिकबाट नियालिरहेका थियौं । यहाँको राष्ट्रिय आयोजना नियमित रूपमै अगाडि बढे । श्रम बजारमा निकै ठूलो हलचल देखिएन बरु स्थानीय बजारमा श्रमिकहरू अभाव हुन थाल्यो,’ उनले भने, ‘कतारमा कोरोनाविरुद्धको खोप नै लगाउन सुरु भइसकेको छ । स्वास्थ्य मापदण्ड अनुसरण गरेर नयाँ श्रमिक ल्याउने प्रक्रिया सुरु भएपछि नेपाली श्रमिकको माग फेरि हुन थाल्यो ।’

वैदेशिक रोजगार विभागका अनुसार महामारीपछि जारी भएको मागपत्र प्रमाणीकरण भएर नयाँ मागपत्रमा श्रमिक गइसकेका भने छैनन् । ‘श्रमिकहरू भदौदेखि जान थालेका हुन् । ती सबै महामारीअघि नै पूर्वस्वीकृति पाइसकेको मागपत्रअनुसार छनोट भएको हो,’ विभागका महानिर्देशक कुमार दाहालले भने ।
गत जेठदेखि माघ ४ गतेसम्म कतारबाट ५२ हजार २ सय २८ जना नेपाली श्रमिक स्वदेश फर्किएका छन्, जसमध्ये ११ हजार ८ सय ६९ जना भने श्रम नवीकरण गरेर कतार फर्किएका छन् । ११ सय ७७ जना मात्रै नयाँ भिसामा कतार गएका छन् । ‘स्वदेश फिरेका सबैको रोजगारी गुमेको होइन । कतिपय बिदामा स्वदेशमा पनि गएका हुन्,’ राजदूत भारद्वाजले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.