कृषि बीमा शुल्कको अनुदान बढाइयो

A notice in Nepali from Mechinagar Ward No. 10

२६ भदौ, काठमाडौं : सरकारले किसानलाई दिँदै आएको बीमा प्रिमियम अनुदान बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गर्नुभएको बजेटको प्रतिस्थापन विधेयकमा सो कुरा उल्लेख छ ।

कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी यस क्षेत्रमा किसानको आकर्षण बढाउन कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरी दिँदै आएको बीमा प्रिमियम अनुदानमा साबिकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतशित पु¥याएको हो । यसअघि ७५ प्रतिशत रहेको प्रिमियर अनुदानलाई एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले ५० प्रतिशतमा झारेको थियो । अहिले त्यसलाई ८० प्रतिशत पु-याएको हो ।

यसअघिको सरकारले बजेट प्रस्तुत गर्दै प्रिमियर अनुदान घटाउँदा किसानबाट त्यसको विरोध भएको थियो । वर्तमान सरकारले किसानलाई कृषि तथा पशु बीमामा आकर्षण गर्न तथा कृषि उत्पादन एवं उत्पादकत्व बढाउने नीतिअनुरूप बाली तथा पशु बीमाको प्रिमियम अनुदान बढाएको हो ।

किसानका विविध समस्यालाई सहजीकरण गरी कृषि क्षेत्रमा लाग्नेलाई प्रेरित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्रदेशस्तरमा एक/एकवटा बृहत् उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम, एवं प्रसार कार्य नमुनाका रूपमा सञ्चालन गर्न सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समूहहरूको संयन्त्र निर्माण गरी कार्यान्वयन गर्ने व्यवस्थासमेत गरिएको छ ।

कृषि उद्योग स्थापनाका लागि सरकारले विभिन्न किसिमका छुट सुविधा तथा सहुलियत ऋण प्रदान गर्ने व्यवस्था गर्नुका साथै कृषिलाई उद्योगसँग जोड्न स–साना प्रशोधन केन्द्र स्थापना गर्ने बताइएको छ । त्यसैगरी सहकारी संस्थाहरूले भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.