पाँच वर्षभित्रमा दमकमा औद्योगिक पार्क बन्ने ः ओली

A notice in Nepali from Mechinagar Ward No. 10

दमक,फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्रमा दमकमा सुविधासम्पन्न औद्योगिक पार्कले पूर्णता पाउने बताएका छन् ।

झापाको कमल गाउँपालिका ७ मा रहेको झर्कामा आइतबार आयोजना गरिएको चीन –नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षभित्रमा औद्योगिक पार्कको पूर्वाधार पूरा भई दश वर्षभित्रमा पूर्णरुपमा सञ्चालनमा आउने बताए ।
उनले यस औद्योगिक पार्कले दुई वर्षभित्रमा ४५ हजारलाई रोजगारी दिनुका साथैं विश्व वजारसम्म यहाँका उत्पादनले वजार पाउने विश्वास दिलाए ।

सरकारले देशैभरि यस्ता औद्योगिक पार्क स्थापनका लागि काम शुरु गरेको बताउँदै उनले देशैभरिका औद्योगिक पार्कमा रोजगारीसंगै देशमा आर्थिक क्रान्ति आउने कुरामा आश्वस्त पारे ।
देशभर विकासमा लहर आएको जिकिर गर्दै उनले औद्योगिक क्रान्तिपछि विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि देश अघि बढ््ेको बताए ।
सरकारले तीन वर्षमा नै चमत्कारको काम गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले देशलाई तीब्र विकास गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरेको बताए ।
सुखी नेपाली,समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सरकारले प्रशस्त काम गरेको उल्लेख गर्दै ओलीले अगाडी भने,–‘ विकास देख्न नचाहने कसैसंग यो सरकार झुक्दैन, झनै एकतावद्धताका साथ देश विकासको महान लक्ष्यमा दृढतामा छौ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.