रोग कम, उत्पादन धेरै हुने गहुँका छ वटा नयाँ जातको विकास

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले छ वटा नयाँ जातका गहुँको बीउ विकास गरी सिफारिस गरेको छ । नयाँ बीउहरूमा जिङ्क गहुँ १, जिङ्क गहुँ २, भेरी गंगा, हिमगंगा, खुमल–शक्ति र बोरलग २०२० रहेका छन् ।

नयाँ विकसित गहुँका जातहरू जिङ्क तत्त्व अत्यधिक पाइने र धेरै उत्पादन दिने खालको भएको नार्कका बाली तथा बागवानी निर्देशक रामबहादुर केसीले बताउनुभयो ।
साथै नयाँ जात हावापानीको विविधतालाई समेत सहन सक्ने खालको रहेको उहाँले बताउनुभयो ।

नयाँमध्ये पाँच प्रकारका गहुँमा महत्वपूर्ण सूक्ष्म पोषकतत्त्व जिङ्क उच्च मात्रामा पाइने र बोर्लग २०२० भने सुख्खा र गर्मीमा समेत खेती गर्न सकिने तथा धेरै फसल दिने खालको रहेको बताइएको छ । बोर्लग २०२० सन् २०१४ मा मेक्सिकोमा नोबेल शान्ति पुरस्कार विजेता नोर्मन बोरलगको स्मृतिमा जारी गरिएको बोरलग १०० बराबरको रहेको नार्कले जनाएको छ । या धेरै फल्ने र उच्च उत्पादकत्व दिने जातको रुपमा चर्चित रहेको निर्देशक केसीले बताउनुभयो ।

गहुँका यी नयाँ जातिहरू तुलनात्मक रुपमा गर्मी हुने बेँसी तथा तराईदेखि मध्य तथा उच्च पहाडी भूभागका जमिनहरूमा समेत उत्पादन दिन सक्ने रहेको निर्देशक केसीको भनाइ छ । त्यस्तै यी जातहरू सिँचाइ भएका र सिँचाइ सुविधा नभएका सुख्खा क्षेत्रका किसानसमेत लाभान्वित हुनेछ ।
यी नयाँ जातको गहुँ लगाई १० लाख किसानले उत्पादन बढाउन सकिने नार्कका प्राविधिहरूले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.