आज उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

शनिबार १३,मङसिर,२०७७

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा अन्तर्गत अध्यक्षबाहेकका पदाधिकारीका लागि आज निर्वाचन हुँदै छ। वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वारद्वय चन्द्र ढकाल र किशोर प्रधान नेतृत्वका दुई समूह चुनावी प्रतिश्पर्धामा छन्।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन्। हाल निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ। गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्षका लागि प्रतिश्पर्धामा रहेका ढकाल र प्रधान दुवै जना अहिले उपाध्यक्ष छन्।

चैतमै हुनपर्ने साधारणसभा कोरोना महामारीका कारण ढिला गरी भएको हो। कोरोना जोखिमकै कारण मतदान पनि तीन स्थानमा राखिएका छन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहलाई मतदानको व्यवस्था मिलाइएको छ।

एकपटकमा २५ जनाभन्दा बढी लाइनमा बस्न नपाउने व्यवस्था गरिएको छ। चार जना मतदातालाई कोरोना संक्रमण भएपछि उनीहरुलाई प्रज्ञा प्रतिष्ठानका छुट्टै मतदान गर्ने व्यवस्था गरिएको छ।

निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा छन्। महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्।

महासंघको ५४ औं साधारणसभा ११ मंसिरदेखि सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.