मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम

A notice in Nepali from Mechinagar Ward No. 10
Formal gathering with six men seated and standing. From left: a man in a suit and traditional Nepali hat stands; seated men wear garlands, signing documents on two tables with blue covers. The setting appears to be a conference room with a banner reading 'Swagat, Bheta Ghat Tatha Antaratriya Karya Kram'.

वालिङ, १४ माघ मेची उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ झापा र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश स्याङ्जा बीच भंगिनी सम्बन्ध कायम भएको छ । बुधबार वालिङ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का सदस्यहरु राजन श्रेष्ठ तथा भविशकुमार श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघ पुर्व अध्यक्ष श्री कर्णणबहादुर श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरमान गुरुङ, वालिङ उद्योग वाणिज्य संघका महासचिव श्री केशरबहादुर खाँण, वालिङ उद्योग वाणिज्य संघ कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, महिला उद्यमी विकास समिति वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष कविता भूसाललाई रोहवरमा राखिएको छ ।

मेची उद्योग वाणिज्य संघले दुवै उद्योग वाणिज्य संघहरुबीच सहयोग तथा समझदारी अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न बुँदाहरुमा सहमत भएर औपचारिक रुपमा भातृत्व सम्बन्ध स्थापित गरिएको बताईएको छ । हस्ताक्षर पत्रमा दुवै संघहरुले एक आपसमा सहयोगको आदान प्रदान गरी संघको संस्थागत विकासका क्रममा आर्जन गरेका आ–आफ्ना अनुभव तथा ज्ञान आदान प्रदान गर्ने, साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई दुवै संघले तुलनात्मक लाभका आधारमा आ–आफ्नो अनुभव आदान प्रदान गर्ने, दुवै क्षेत्रको ब्यापार तथा उद्योग विकासका साथै संघहरुको सुदृढिकरण र आपसी सम्बन्ध बलियो बनाउने उद्देश्यले संघहरुका निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य तथा सचिवालयका कर्मचारीहरुकाबीच भ्रमणको आदान प्रदान गरी अनुभवको विनिमय गर्ने, उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरमा आउने विभिन्न चुनौतिहरु सामना गर्ने क्रममा एक अर्कालाई हानी नोक्सानी नहुने गरी आपसी साझा दृष्टिकोण निर्माण गर्न प्रयत्न गर्ने, उद्योग वाणिज्य क्षेत्रको विकासका लागि यससँग सम्बन्धित सूचना एवम् प्रकाशनहरुको आदान प्रदान गर्ने, दुवै संघका सदस्यहरु लाभान्वित हुनेगरी संघहरुले पहिचान गरेका अन्य क्षेत्रहरुमा समेत आवश्यकता अनुसार नीति निर्माण तथा कार्यक्रम तय गरी सो को सञ्चालन समेत गर्ने, दुवै संघहरुबाट उद्योग, ब्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको बिषयमा विकसित नयाँ नयाँ गतिविधिहरुको अनुभव आदानप्रदान र कार्यान्वयनमा सहकार्य गर्ने, दुवै क्षेत्रका कला, साहित्य र सँस्कृतिहरुको विकास तथा प्रबद्र्धनमा आपसी सहयोग अभिवृद्धि गर्नेलगायतका बुँदा समेटिएको छ । यस समझदारी पत्रमा लेखिएका बुँदाहरु कार्यान्वयन गर्न कुनै कानूनी बाध्यता नरहने ,तर दुवै उद्योग वाणिज्य संघ र सम्बन्धित क्षेत्रको आर्थिक उन्नतिका लागि यो समझदारी गरिएको हुँदा यसको कार्यान्वयनमा दुवै पक्ष इमान्दारी तथा सम्वेदनशील रहने बताईएको छ । समझदारी, पत्र हस्ताक्षर भएको मिति २०७७ माघ १५ गते बिहिबारबाट लागु हुनेछ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का सदस्यहरु राजन श्रेष्ठ तथा भविशकुमार श्रेष्ठले बोल्नुभएको थियो । मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले आ आफ्नो संघका बारेमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.