झापाबाट श्रम स्विकृति लिनेको संख्या दोब्बर

झापाबाट दशमहिनामा २८ हजार ८ सय ३६ जना विदेशिए

A notice in Nepali from Mechinagar Ward No. 10

५ असार, मेचीनगर: चालु आर्थिक वर्ष २०७९/०८० को दशमहिनाको अवधिमा झापाबाट २८ हजार ८ सय ३६ जनाले श्रम स्विकृति लिएर विदेश गएका छन् । जुन संख्या गत आर्थिक वर्ष २०७८/०७९ एकबर्षको अवधिको तुलनामा झण्डै दोब्बर हो । गत आर्थिक वर्षमा १३ हजार ५ सय ५८ जनाले झापाबाट श्रम स्विकृति लिएका थिए । चालु आर्थिक वर्ष सकिन दुईमहिना बाँकी रहेकाले संख्या दोब्बर पुग्ने सुरक्षित आप्रवासन सामी कार्यक्रमका संयोजक फणीन्द्रप्रसाद दाहालले जानकारी गराउनुभयो ।

उहाँका अनुसार साउन महिनामा ३ हजार ५१, भदौँमा ३ हजार ४ सय १४, असोजमा २ हजार ४ सय ८५, कार्तिकमा ३ हजार ४ सय ७३, मंसिरमा २ हजार ९ सय ९१, पुसमा २ हजार ७ सय ८, माघमा २ हजार ८ सय ४१, फागुनमा २ हजार ७ सय ३५, चैतमा २ हजार ८ सय २३ र बैशाखमा २ हजार ३ सय १५ गरी कुल २८ हजार ८ सय ३६ जनाले झापाबाट श्रम स्विकृति लिएर विदेश गएका छन् ।
सुरक्षित आप्रवासन सामी कार्यक्रम सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा मंगलबार झापाको मेचीनगरमा कार्यक्रम संयोजक दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा श्रम स्विकृति लिएर वैदेशिक रोजगार जानेको संख्याको आधारमा पहिलो धनुषा र दोस्रो झापा जिल्ला रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । तर, वैदेशिक रोजगारीमा जाने महिलाको संख्याका आधारमा झापा पहिलो हो । संयोजक दाहालका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगार बोर्डबाट विदेशमा मृत्यु भएका झापाका ३७ जनाले क्षतिपूर्ति प्राप्त गरेका थिए । त्यसमा मेचीनगरका २ जना रहेका छन् ।

जनसंख्याको आधारमा झापाको २ लाख ४५ हजार १९ घरधुरीमध्ये ६९ हजार ८ सय २४ घरधुरीबाट विदेश गएका छन् । मेचीनगरको ३२ हजार ६ सय ९५ घरधुरीमध्ये ९ हजार ३ सय २६ घरधुरीबाट १३ हजार ६ सय ४४ जना भारतलगायत अन्य मुलुक बाहिरिएका छन् । त्यसमा ९ हजार ७ सय १६ पुरूष र ३ हजार ४ सय २८ जना महिला रहेका छन् । २०७८ सालको जनगणना अनुसार मेचीनगर नगरपालिको जनसंख्या १ लाख ३३ हजार ७३ जना रहेको छ । त्यसमध्ये काम गर्ने उमेर समूहका २० देखि ५९ वर्ष उमेरका ७४ हजार ४ सय ५३ जना रहृेका छन् ।

यसरी मेचीनगरबाट वैदेशिक रोजगारकालागि हजारौँ जनशक्ति बाहिरीरहँदा भारतबाटमात्र ६० प्रतिशत भारतीय श्रमिक यहाँ आउने गरेका छन् । कवाडी, यातायातका ग्यारेज, टायल्स, भवन निर्माणलगायत थुप्रै काम गर्न भारतीय आउने गरेको तथ्यांकमा उल्लेख छ ।

मेचीनगरमा सुरक्षित आप्रवासन सामी कार्यक्रमका विषयमा कार्यक्रम संयोजक फणीन्द्र प्रसाद दाहालले प्रस्तुतिकरण दिनुभयो । उहाँले सामी कार्यक्रम अन्तरगत मेचीनगर नगरपालिकाको गतिविधिका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । वित्तीय साक्षरता कक्षाको सम्पन्नता , रिटर्नी स्वयंसेवकहरूलाई निरन्तर घरदैलो र सुचना प्रदान, मनोसामाजिक परामर्शकर्ताबाट निरन्तर केश पहिचान र परामर्श, समुदायस्तरका चारवटा अभिमुखीकरण कार्यक्रम सम्पन्न , प्राप्त भएका केशहरूको आर्थिक सहायता, उद्धार कानुनी सहायताको लागि सिफारिस र माईग्रेसन प्रोफाईलको तथ्यांक संकलन चलिरहेको संयोजक दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारका ठगि व्यक्तिगत र संस्थायत हुने गरेको छ । कार्यक्रमको अध्यक्षता गर्दैँ मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सामी परियोजनाका विषयमा स्पष्ट पार्नुभयो । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.