काँकरभिट्टाका तीनवटा पसल कारबाहीमा : अनुगमन टोलीद्वरा चारवटा कम्प्यूटर काँटा जफत

A notice in Nepali from Mechinagar Ward No. 10

१२ फागुन , मेचीनगर : पटक पटक कानुन कार्यान्वयन गर्न निर्देशन गर्दा समेत अटेर गरेपछि झापा जिल्ला स्तरीय अनुगमन टोलीले बुधबार मेचीनगरका विभिन्न पसललाई कारवाही गरेको छ ।
गएको माघ ७ गते जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने नेतृत्वको टोलीले मेचीनगरको प्रमुख व्यपारिक बजार काँकरभिट्टाका किराना, औषधि, ज्वेलर्स, मासु, होटल, मिठाईलगायतका पसल अनुगमन गरेको थियो । सोही क्रममा व्यवसायीहरुलाई सातदिनभित्र कानुन अनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

शुक्रबार तिनै पसलहरुको अनुगमन गर्दा कानुन कार्यान्वयन नगरेको तथा टोलीले दिइएको निर्देशन पालना नगरी अटेर गरेको भन्दैं तीनवटा पसललाई कारबाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ७ माघमा टोलीले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको बील बिजक सुरक्षित राख्न संकटका बखत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालो बजारी नगर्न व्यवसायीलाई सुझाव दिईएको थियो ।

अधिकांश पसलमा मूल्यसूची राखेको नभेटेपछि टोलीले तत्काल मूल्य सूची राख्न र दैनिक ‘अपडेट’ गर्न भनेको थियो । प्रत्येक खाद्य पदार्थको उत्पादन मिति, एक्सपायर डेट लेवल हेरेर खरीद बिक्री गर्न, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन सुझाँव दिइएको केही होटल र मिठाई पसलको भान्सा समेत मापदण्ड विपरीत भएकाले मापदण्ड कायम गर्न भनिएको थियो । अधिकांशले सुधार गरे पनि स्थानीय दुईवटा अटेर गरेपछि कारबाही स्वरुप ती पसलका कम्यूप्टर काटा जफत गरेको टोलीले जनाएको छ । टोलीका अनुसार स्थानीय गाउँले मासु पसलबाट विभिन्न तौल समूहका २ वटा, देव खुस्बु किराना पसल र मेची मिष्ठान भण्डारबाट एक÷एक गरी चारवटा कम्प्यूटर काँटा जफत गरेको हो । सम्बन्धित व्यवसायीहरुलाई तत्काल गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरमा उपस्थित हुन भनेको छ ।

दैनिक उपभोग्य वस्तुलगायत स्वास्थ्य सामग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, म्याद सकिएका खाद्य वस्तुको ‘रिलेवलिङ’ गर्ने जस्ता गैरकानुनी काम गर्ने उद्योगी व्यवसायीलाई कानून बमोजिम कडा कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले चेतावनी दिनुभयो । कानून विपरीतको कार्य हुन नदिन जिल्ला तथा नगरस्तरीय बजार अनुगमन टोलीले बजार अनुगमनलाई तीव्रता दिने र कानून विपरीत कार्यमा संलग्न जो कोहिलाई पनि कानून बमोजिम कडा कारबाही गर्ने उहाँको भनाई छ । अनुगमन गर्दा यस्तै फेला परे कानुनी कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका प्रमुख मुकुन्द चौहान, घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत विनोद न्यौपाने, आन्तरिक राजस्व कार्यालय भद्रपुरका अच्युतानन्द ढकाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, प्रहरी नायव निरीक्षक राजेन्द्र पासवान, मेची उद्योग वाणिज्य संघ मेचीनगरका सदस्य दीपेन्द्रराज पाण्डेलगायतको सहभागिता थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.