उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको पदस्थापन

A notice in Nepali from Mechinagar Ward No. 10

१ जेठ, झापा : नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।
विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा अपरान्ह आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदसयले सपथसँगै पदभार ग्रहण गरेका हुन् ।
महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित पहिलो सत्रको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतलाई सपथ गराएपछि ढकालले राउतलाई पद हस्तान्तरण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा अध्यक्ष टिकाराज ढकालले आफ्नो कार्यकालमा भएका प्रगतिसहितको अन्तिम मन्तव्य राखेका थिए भने नवनिर्वाचित अध्यक्ष राउतले आगामी तीनवर्षे कार्ययोजनासहित प्रतिबद्धता मन्तव्य राखेका थिए ।
सकार्यक्रमको दोस्रो सत्रको अध्यक्षता गरेका नवनिर्वाचित अध्यक्ष राउतले देवकीनन्दन अग्रवाल र सरु केसीलाई कार्यकारिणी सदस्य तथा यमबहादुर श्रेष्ठ, नवराज घिमिरे, मेघराज सिग्देल, विजय श्रेष्ठ, मनोजविक्रम शाह, विनोद वस्नेत र रामहृदय रायलाई आमन्त्रित सदस्यमा मनोनित गरिएको घोषणा गरे ।
कार्यसमिति सदस्य भविस श्रेष्ठले सञ्चालन गरेको सो समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले वर्तमान आर्थिक संकट समाधानका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । उनले महासंघको पहलबाट बैंकदर घटेको उल्लेख गर्दै उद्योगी व्यवसायीको हितका लागि महासंघ सधैं अग्रपंक्तिमा उभिने प्रतिबद्धता जनाए ।
समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, महासंघका उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य अमरेशचन्द्र बैदार, सुरेश प्याकुरेल, मधेश प्रदेश अध्यक्ष अशोककुमार टेमानी, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गत चैत ९ गते झापाको विर्तामोडमा सम्पन्न अधिवेशनबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.