बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन, डुडुवाको अवस्था सबैभन्दा कमजोर

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार बाँके जिल्लाका करिब साढे ९ प्रतिशत घरधुरीमा अझै पनि शौचालयको पहुँच पुग्न सकेको छैन।

A notice in Nepali from Mechinagar Ward No. 10
बाँके जिल्लाको सरसफाइ तथा शौचालयको पहुँचसम्बन्धी तथ्याङ्क

📌 मुख्य बुँदाहरू:

  • बाँके जिल्लामा अझै पनि १२ हजार २८८ घरधुरी शौचालयविहीन रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
  • जिल्ला समन्वय समितिका अनुसार बाँकेका करिब ९०.५ प्रतिशत घरधुरीमा मात्रै शौचालयको पहुँच पुगेको छ।
  • स्थानीय तहमध्ये डुडुवा गाउँपालिकामा सबैभन्दा बढी ३७.६ प्रतिशत घरधुरी मात्र शौचालयको पहुँचमा छन्।

आधारभूत सरसफाइ र स्वच्छतालाई नागरिकको मौलिक आवश्यकता मान,एपनि बाँके जिल्लामा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन रहेको एक तथ्याङ्कले देखाएको छ। जिल्लाका आठवटै स्थानीय तहमा गरी १२ हजार २८८ घरधुरीमा शौचालय नभएको तथ्याङ्क सार्वजनिक भएको हो।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बाँकेमा ९.५ प्रतिशत घरधुरीमा शौचालय नभएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो। जिल्लाको कुल एक लाख २९ हजार २४३ घरधुरीमध्ये एक लाख १६ हजार ९४६ घरधुरीमा मात्रै कुनै न कुनै प्रकारको शौचालय रहेको र बाँकी ९.५ प्रतिशत घरधुरी अझै शौचालयविहीन रहेको उहाँले बताउनुभयो।

स्थानीय तहहरूको अवस्था र डुडुवाको कमजोर तथ्याङ्क

जिल्लाका स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाको अवस्था सरसफाइका दृष्टिले सबैभन्दा कमजोर देखिएको छ। डुडुवामा कुल आठ हजार ५१ घरधुरीमध्ये तीन हजार २४ घरधुरीमा शौचालय नरहेको र कुल घरधुरीको ३७.६ प्रतिशतमा मात्रै शौचालयको पहुँच रहेको पाइएको छ।

त्यसैगरी, नरैनापुर गाउँपालिकामा आठ हजार ४८८ घरधुरीमध्ये एक हजार ६०८ घरधुरी (१८.९ प्रतिशत) र जानकी गाउँपालिकामा आठ हजार ८२६ घरधुरीमध्ये एक हजार ५०१ घरधुरी (१७ प्रतिशत) मा शौचालयको पहुँच नरहेको तथ्याङ्क छ। जिल्ला सदरमुकाम नेपालगन्ज उपमहानगरपालिकामा पनि तीन हजार ७८ घरधुरी अर्थात् कुल घरधुरीको ८.९ प्रतिशत भाग शौचालयविहीन रहेको छ।

कोहलपुर र बैजनाथमा तुलनात्मक सुधार

जिल्ला समन्वय समितिका अनुसार बाँकेका अन्य स्थानीय तहको तुलनामा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सरसफाइको अवस्था राम्रो देखिएको छ। कोहलपुरका कुल २४ हजार १८३ घरधुरीमध्ये ५३१ घरधुरीमा मात्र शौचालय छैन भने बैजनाथ गाउँपालिकामा १६ हजार ४६९ घरधुरीमध्ये ५०७ घरधुरी (३.१ प्रतिशत) मा मात्रै शौचालयको पहुँच पुग्न बाँकी रहेको छ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
बाँकेमा १२ हजारभन्दा बढी घर शौचालयविहीन
📄 बाँकेमा १२ हजारभन्दा बढी घर शौचालयविहीन
बाँकेमा १२ हजारभन्दा बढी घर शौचालयविहीन
📄 बाँकेमा १२ हजारभन्दा बढी घर शौचालयविहीन
बाँकेमा १२ हजारभन्दा बढी घर शौचालयविहीन
📄 बाँकेमा १२ हजारभन्दा बढी घर शौचालयविहीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.