मेचीनगर, २४ जेठ: प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको काम चलाउ सरकारका अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो ।
१५ जेठ २०७८ मा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/०७९ को प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक गरेको बजेटमा झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । आठवटा नगर र सातवटा गाउँपालिकाका लागि उक्त वजेट विनियोजन गरिएको हो ।
आठ नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको छ । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई ७६ करोड ५२ लाख बजेट छ भने दमक र विर्तामोड नगरपालिकालाई समान ७० करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
अर्जुनधारा नगरपालिकालाई ४७ करोड ७१ लाख, कन्काईलाई ५८ करोड १८ लाख, गौरादहलाई ४८ करोड ५१ लाख, , भद्रपुरलाई रु ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।
यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट विनियोजन भएको छ । गौरीगञ्जलाई ३४ करोड ८६ लाख, कचनकबललाई ३८ करोड ८७ लाख, झापालाई ३४ करोड ८४ लाख, बाह्रदशीलाई ३४ करोड १८ लाख, बुद्धशान्तिलाई ३५ करोड७६ लाख र हल्दिवारी गाउँपालिकालाई ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ ।

























