नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको खुला उपाध्यक्षमा झापाका रिजाल र केन्द्रीय सदस्यमा श्रेष्ठ मेचीनगरका निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

३० चैत, मेचीनगर : देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको खुला उपाध्यक्षमा झापाका राजेन्द्रकुमार रिजाल निर्वाचित हुनु भएको छ ।

संघीय राजधानीमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनबाट तात्कालिन मेची बस व्यवसायी संघ हाल पूर्व मेची बस व्यवासयी प्रा.लि.का प्रवन्ध निर्देशक रिजाल आगामी ३ वर्षका लागि अत्याधिक मतका साथ राष्ट्रिय उपाध्यक्षमा विजयी हुनुभएको हो । यसअघि उहाँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मेची अञ्चल संयोजक र केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी, केन्द्रीय सदस्यमा झापा मेचीनगरका विष्णुकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ पूर्व मेची बस व्यवासयी प्रा.लि.का अध्यक्ष हुनुहुन्छ ।

महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ । महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संंयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो ।

तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई , हरिशरण केसी विजयी हुनुभएको छ । यस्तै, खुला सात उपाध्यक्षमा रिजालसहित सानुकाजी प्रजापति, भुवन बराल, रवि रिमाल, डम्बरराज पन्त, रामप्रसाद सुवेदी, जीतबहादुर भारती विजयी हुनुभएको पूर्व मेची बस व्यवासयी प्रा.लि.का व्यवस्थापक दुर्गाराम अर्यालले जानकारी दिनुभयो ।

यसैगरी, मालबाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिखंडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा चेतप्रसाद (अर्जुन) गौतम निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सचिवमा आत्माराम थापा, भानुभक्त बराल, किरणकुमार खड्का, वर्गीय संयोजक बसतर्फ सुनिल कुँवर बढीमत ल्याई विजयी हुनु भएको यातयात व्यवसायी दीपेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

वर्गीय संयोजक मिनिबसतर्फ मञ्जयप्रकाश श्रेष्ठ, पर्यटकतर्फ रामसुन्दर परियार, मालवाहक नवीन प्रजापति, ट्याक्सीतर्फ प्रकाश तिवारी, ट्याम्पो रामप्रसाद घिमिरे, माइक्रोबसतर्फ नारायणप्रसाद भट्टराई, जिपतर्फ रवीन्द्रमान श्रेष्ठ र हलुका मालवाहकतर्फ चिन्तामणि आचार्य निर्वाचित भएका छन् ।
यस्तै, प्रदेश १ को संयोजकमा सरोज श्रेष्ठ, मधेस प्रदेशको संयोजकमा हरिनारायण यादव, बागमती प्रदेश संयोजकमा सुमन गिरी, गण्डकी प्रदेश संयोजकमा केदारप्रसाद पौडेल, लुम्बिनी प्रदेश संयोजकमा सञ्जीव रोका, कर्णाली प्रदेश संयोजकमा रमेशकुमार सापकोटा र सुदूरपश्चिम प्रदेश संयोजकमा टेकराज जोशी निर्वाचित भएका छन् । मङ्गलबार राति भएको निर्वाचनमा ८ सय १६ मत खसेको थियो ।

महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाणले गर्नुभएको थियो । उहाँले यात्रुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । गृहमन्त्री खाणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडादर लिने अवस्थाको तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुबैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । त्यसका लागि सरकारले सरोकारवाला पक्षसँग बृहत् छलफल गरेर अघि बढ्न चाहेको उहाँको भनाइ छ ।

खाणले सरकारले सबै खालका उद्योगी, व्यवसायीको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिसनमा नभएको गाडी सञ्चालनमा रोक लगाउन सरकारले अझै कडाइ गर्ने बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.