नेपाल बायुसेवा निगमले धनगढी-बझाङ उडान गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

६ कार्तिक, बझाङ : सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल बायुसेवा निगमले भोलि धनगडी–बझाङ परीक्षण उडान गर्ने भएको छ।

धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आइतवार परीक्षण उडान हुने भएको हो। लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दिपायल र दोस्रो उडान बझाङमा हुने बताए।

धनगढीदेखि डोटी दुई हजार ६ सय १५ र डोटीबाट धनगढी दुई हजार पाँच सय १५ भाडादर कायम भएको छ। धनगढीदेखि बझाङको तीन हजार नौ सय ९५ र बझाङदेखि धनगढी तीन हजार आठ सय ९५ हवाई भाडादर कायम भएको छ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार भोलि बिहान ९ बजेर १५ मिनेटमा नेपाल वायुसेवा निगमले धनगढी–बझाङ उडान गर्नेछ। हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङबासीको माग छ।

एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुहरूलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ।

असोज ३१ गते आइतवारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दशैँ मनाउन घर आएका काठमाडाैं, पोखरा, धनगडी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारीहरू आफ्नो कर्मथलो फर्कन सकेका छैनन्।

धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुहरूसमेत बीच बाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजंङबहादुर सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.