तीन वर्ष देखि नेपाल र भुटानबीचको व्यपार भुटानको पक्षमा

A notice in Nepali from Mechinagar Ward No. 10

३ भदौ, मेचीनगर : पूर्वी काँकरभिट्टा नाका भएर हुने भुटानसँगको व्यपारमा नेपालले अपेक्षा अनुसार व्यपार हात पार्न सकेको छैन् । वितेको तीन आर्थिक वर्ष यता व्यपार भुटानको पक्षमा मजवुत छ । काँकरभिट्टा नाका भएर नेपालबाट भुटानतर्फ निकाशी हुने मालबस्तु भन्दा भुटानबाट नेपालतर्फ आयात भई आउने मालबस्तु बढी भएकाले यी तीन आर्थिक वर्षमा व्यपार भुटानको पक्षमा मजवुत देखिएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले यसलाई प्रमाणित गर्दछ । आर्थिक वर्ष २०७५/०७६ देखि गत आर्थिक वर्ष २०७७/७८ को अवधिसम्म आइपुग्दा भुटानबाट नेपालले उल्लेखिय सामान आयात गरे पनि नेपालबाट हुने निकासी व्यपार शुन्य छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पूर्वी नाका भएर १ अर्ब १८ करोड ९२ लाख ४८ हजार ८ सय ६० रुपैयाँ मुल्य बराबरका मालवस्तु भुटानबाट आयात गरिएको थियो । २०७६/०७७ मा १ अर्ब ८ करोड ६० लाख १ हजार ७ सय १० र आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ४३ करोड ५७ लाख ६९ हजार ४ सय ६० रुपैयाँ मुलय बरारको सामान काँकरभिट्टा नाका भएर भुटानबाट आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कमा उल्लेख छ ।

कोक, स्पाईट, बिभिन्न अल्कोहल, पत्थर कोइला, जीप्सम पुटीन पट्टी, चुनढुङ्गा, क्याल्सीयम कार्वानेट, जुसजामलगायतका मालसामान भुटानबाट आयात हुने गरेको छ । नेपालबाट खाद्य सामाग्री तथा भेनियरमा निकासी हुने गरेको थियो । त्यो पनि तीनवर्षयतादेखि ठप्प छ । नेपालमा उत्पादित वस्तुको माग भुटानमा कम भएकाले पनि नेपालले भुटानसंग सोचे अनुसारको व्यपार गर्न नसकेको व्यवसायीहरु बताउछन् ।

नेपालमा उत्पादित बस्तु सोझै भुटान निर्यात हुन र भुटानबाट कुनै पनि समान सहजरुपमै आयात गर्न नपाईने भएकाले व्यपारीहरुले समस्या व्योहोर्नु परेको भंसार अधिकारीहरुको भनाई छ । भुटानसंग गरिने व्यपारका लागि भारतीयबाटो प्रयोग गर्नुपर्ने र त्यसका लागि भारत सरकारले पनि नेपालले भुटानसंग गर्ने व्यापारमा आवशयक सरकारी कागजात माग्ने, नेपाल सरकारकोतर्फबाट व्यापार सन्धी नभएका कारण त्यस्ता आधिकारीक कागजात उपलब्ध गराउन नमिल्ने भएकाले भुटानसंग नेपालले सोचे अनुरुपको व्यापार गर्न नसकेको बताईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.