पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

A notice in Nepali from Mechinagar Ward No. 10

१५ चैत, मेचीनगर : पूर्वीनाकाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घट्न थाले पछि त्यसको असर मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा परेको छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आई सरकारको राजस्व संकलनमा प्रत्यक्ष असर परेको हो । आयात परिमाण घट्दा सरकारले प्राप्त गर्ने राजस्वसमेत कम उठ्ने गरेको भन्सार अधिकारीहरुको भनाई छ । कम राजस्व संकलन हुनुमा पेट्रोलियम पदार्थको आयातमा भएको कमीले यस क्षेत्रबाट उठ्ने राजस्वमा आएको गिरावट नै हो ।

मेची भन्सार कार्यालय काँकभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार कार्यालयले संकलन गर्ने कुल राजस्वमध्ये ६० देखि ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थले थामेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष ०७९/८०को फागुनमसान्तसम्म पेट्रोलियम पदार्थको खपतसँगै आयात घटेसँगै कार्यालयको राजस्व संकलनमा प्रत्यक्ष असर परेको प्रमुख भन्सार अधिकृत पाठकको भनाई छ ।

भन्सार विभागले चालू आर्थिक वर्ष २०७९/०८० को फागुनमसान्तसम्ममा कार्यालयलाई १३ अर्ब ४८ करोड १९ लाख ९ हजार रुपैयाँको लक्ष्य दिइएको भएपनि कार्यालयले भने, यो अवधिमा ७० दशमलव ४८ प्रतिशत वा ९ अर्ब १९ करोड ६७ लाख ९४ हजार रुपैयाँमात्र राजस्व संकलन गरेको कार्यालयको अभिलेखमा स्पष्ट छ । अघिल्लो दुई आवको सोहि अवधिको तुलनामा चालु आवको राजस्व असुली ज्यार्दै न्यून देखिन्छ । कार्यालयको तथ्याङ्क शाखाले दिइएको जानकारी अनुसार चालु आव २०७८÷०७९ को फागुनमसान्तसम्ममा कार्यालयले १९ अर्ब ११ करोड ५० लाख ७५ हजार रुपैयाँ वा १ सय दशमलव ७ प्रतिशत राजस्व संकलन गरेको थियो ।

विभागले यो अवधिमा १७ अर्ब करोड ७३ करोड ७८ लाख ४ हजार रुपैयाँको लक्ष्य दिईएको थियो । यसैगरी आव २०७७/०७८ को आठमहिनाको अवधिमा १३ अर्ब ९८ करोड ४६ लाख ३२ हजार रुपैयाँको राजस्व लक्ष्य पाएको भन्सार कार्यालय १३ अर्ब ८७ करोड ८४ लाख ८ हजार रुपैयाँ वा ९९ दशमलव १९ प्रतिशतमा सिमीत रहेको थियो । चालू आर्थिक वर्ष २०७९/०८० को शुरुदेखिनै कार्यालयले कुनै पनि महिना लक्ष्यको तुलनामा राजस्व असुली गर्न सकेको छैन् । चालु आवको २०७९/०८० को श्रावणमा ९३ दशमलव शुन्य १, भदौमा ७९ दशमलव ६४ प्रतिशत, असोजमा ६८ दशमलव ९६ प्रतिशत, कात्तिकमा ७० दशमलव ९६ प्रतिशत, मंसिरमा ६५ प्रतिशत ५४ प्रतिशत, पुसमा ६० दशमलव २१ प्रतिशत, माघमा ६५ दशमलव ९७ प्रतिशत राजस्वमात्र संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.