त्रिभुवन विश्वविद्यालद्वारा नतिजा प्रकाशन नगरी भर्ना आह्वान

A notice in Nepali from Mechinagar Ward No. 10

१० पौंष, काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ।

स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय र स्नातकोत्तर तहको भर्ना आह्वान गर्ने शिक्षाध्यक्षको कार्यालयबीच समन्वय नहुँदा विद्यार्थी भने अन्योलमा छन्। स्नातकोत्तर तहको भर्ना शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको सम्बन्धित डिन कार्यालयले गर्छ।

नतिजा नआउँदै शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहको भर्ना फाराम खुलाएपछि के गर्ने भन्ने विषयमा विद्यार्थी तथा कलेज सञ्चालक चिन्तित छन्। कलङ्कीस्थित एडमार्क कलेजका प्राचार्य शिव अधिकारीले भन्नुभयो, “त्रिविको भद्रगोलपाराले विद्यार्थीलाई निकै समस्यामा पा-यो।

यसै त स्वदेशमा विद्यार्थी टिकाउन मुस्किल भइरहेको छ। त्यसमाथि मुलुकको प्रतिष्ठित विश्वविद्यालयको लथालिङ्गपाराले विद्यार्थीलाई थप निरुत्साहित बनाएको छ।”

परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक घनश्याम ठाकुरले भने त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा यसै वर्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्नुपर्ने भएको र सोहीअनुसार शैक्षिक तालिका निर्धारण गर्नुपर्ने भएकाले हतारमा भर्ना खुलाउनुपरेको बताउनुभयो।

स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र सङ्कायका अन्तिम वर्षको नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। “अहिले भर्ना फाराम खुलाउँदै गरौँ। यही बीचमा नतिजा सार्वजनिक गरौँ भन्ने विषयमा छलफल गरेर भर्ना खुलाएका हौँ,” ठाकुरले भन्नुभयो।

त्रिवि शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको हो। जसअनुसार पुस ४ देखि माघ ४ गतेसम्म आवेदन फाराम वितरण तथा बुझाउने मिति तोकिएको छ। माघ २२ गतेदेखि पढाइ सञ्चालन गरिने त्रिविले जनाएको छ। प्रवेश परीक्षा सम्बन्धित डिन कार्यालयले आफू अनुकूल निर्धारण गर्न सक्नेछन्।

तर परीक्षा नियन्त्रण कार्यालयले अहिले पनि परीक्षा सकिएको लामो समय बित्दा पनि स्नातक तहअन्तर्गत विभिन्न वर्षका थुप्रै विषयको परीक्षाफल प्रकाशित गर्न सकेको छैन। त्रिविले गत वर्ष माघमा गराएको बीबीएस र बीएड चौथो वर्षको नजिता अझै प्रकाशित गरेको छैन। कोभिड–१९ का कारण परीक्षा एक वर्ष ढिलो भएको थियो।

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.