मेचीनगरमा ७४औं नेपाल स्काउट दिवस: अन्तर-दल निबन्ध लेखन प्रतियोगिता सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

५ असार, मेचीनगर: नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा मेचीनगर नगरपालिका स्थानीय स्काउट समितिले अन्तर-दल निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ। नगरभित्रका १९ वटा स्काउट दल सहभागी भएको यस प्रतियोगिताले युवा स्काउट सदस्यहरूको लेखन क्षमता र बौद्धिक विकासलाई प्रोत्साहन गरेको कार्यक्रमको प्रमुख अतिथि एवम् शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चम्लागाईंले बताउनु भयो ।

प्रतियोगितामा सूर्योदय स्काउट दलका टिन्जिङ तामाङ प्रथम हुनुभएको छ। यस्तै, काँकरभिट्टा स्काउट दलका तपस निरौलाले दोस्रो स्थान हासिल गर्नुभयो भने सरस्वती स्काउट दलकी मिसा भारती तेस्रो हुनुभयो। नर्थ पोइन्ट स्काउट दलकी मेलिस्का राईले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो।

कार्यक्रममा नेपाल शिक्षक संघ, कोशी प्रदेश अध्यक्ष एवं धुलाबारी माध्यमिक विद्यालयका सह-प्रधानाध्यापक तेजप्रसाद चौलागाईं प्रमुख अतिथि रहनुभएको थियो। नेपाल स्काउट मेचीनगरका शैक्षिक पद्धति आयुक्त सुष्मा सुब्बाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि सहायक राष्ट्रिय प्रशिक्षक एवं कोशी प्रदेश परिषद् सदस्य मीनाकुमारी कटुवालले प्रकाश पार्नुभएको थियो। मेचीनगरका सदस्यता वृद्धि आयुक्त सुबास खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल स्काउट मेचीनगर परिषद् सदस्य टिकेन्द्र ढकालले गर्नुभएको थियो।

कार्यक्रममा  मेचीनगरका उल्लेख्य मात्रामा स्काउटर, रोभर/रेञ्जर तथा स्काउटहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.