निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको निर्णय, कुन जिल्लामा कति ? (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना हुने गरी निर्णय भएको आयोगले जनाएको हो ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९ को दफा ७ को उपदफा ३ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिने व्यवस्था छ ।

त्यसैअनुसार आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.