प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ खस आर्य समूहको बाहुल्यता

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणालीतर्फ खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10

३० असोज, काठमाडौँ : आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणालीतर्फ खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ।

प्रतिनिधि सभातर्फ कूल दुई हजार चार सय १२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगको तथ्याङ्क छ।

आदिवासी जनजाति समूहमा ६ सय ४१, मधेशी समूहतर्फ पाँच सय ६, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम भएको छ।

त्यस्तै, प्रदेश सभातर्फ पनि खसआर्य समूहका उम्मेदवार बढी देखिएका छन्। खसआर्यतर्फ एक हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ।

प्रदेश सभा सदस्य निर्वाचनका लागि तीन हजार २२४ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यसमध्ये नौ सय ६ आदिवासी जनजाति, आठ सय ७४ मधेशी, एक सय ४५ मुस्लिम, एक सय ४४ दलित र एक सय जना थारु समूहतर्फ उम्मेदवारी कायम भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि यही असोज २३ गते देशभर उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.