मकवानपुर–१ मा राप्रपाका सिंह विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, हेटौडा : मकवानपुर क्षेत्रनम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह विजयी भएका छन्।

बिहीबार सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार सिंहले सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरेका हुन् ।

मतगणनाको शुरुआतदेखि पछि परेका सिंहले बिहीबार बिहानदेखि मात्रै अग्रता लिन थालेका थिए । गणनाको अन्तिममा उनी २ हजार  ३९६ मतान्तरले विजयी भएका हुन् ।

कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.