संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

A notice in Nepali from Mechinagar Ward No. 10

१४ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् ।

महिला सुरक्षा दवाव समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मंसिर १५ गते शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताए ।

उनले भने, ‘अस्ती मलाई निम्तो गर्न आउँदाखेरि पनि म यो कार्यक्रम बाहेक अन्य कार्यक्रमहरुमा आउँछु भन्ने अवस्था नै थिएन । शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौं । त्यसपछि अरु काममा जुट्नु पर्नेछ । मेरो त अर्को चुनाव आउँदैछ । मैले त्यो काममा केन्द्रित हुनुछ ।’

महामन्त्री थापाले केही दिन भित्र नयाँ मन्त्रिपरिषद् बन्ने समेत बनाए । उनले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने गरी कानुन निर्माण गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने आश्वासन पनि दिए ।

उनले भने, ‘केही दिनमा नयाँ मन्त्रिपरिषद बन्छ । हाम्रो कानुनमा मन्त्रिपरिषद् भित्र महिलाको प्रतिनिधित्व यति हुनैपर्छ भनेर बोलेको छैन । अब संसदमा र मन्त्रिपरिषदमा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्न सुरु गरौं । म अहिल्यै भन्न सक्छु–मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुने कानुन हामीले बनाउनैपर्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने कानुन हामीले बनाउनै पर्छ । यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आगामी निर्वाचनसम्म त्यो काम हुन्छ । पुसमा नयाँ मन्त्रिपरिषद् बन्छ । माघबाटै सो कानुन बनाउने काम लागौं। ’

महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहोर्‍याए ।

महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका घरघरमै अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.