ललितपुर–१ मा कांग्रेस नेता उदयशम्शेर विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, ललितपुर : ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।

यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार ७ सय २९ मत प्राप्त गरेका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले ३ हजार २ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६ सय ४१ मत प्राप्त गरे ।

कुल ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८ सय २ मत बदर भएको छ भने ४८ हजार सात सय ८१ मत सदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.