झापा क्षेत्र नम्बर १ क मा कोइराला र तामाङ्ग बीच प्रतिस्पर्धा हुने

A notice in Nepali from Mechinagar Ward No. 10

झापा क्षेत्र नम्बर १ क मा रबिन कोइराला र गोपाल तामाङ्ग बीच रोचक प्रतिस्पर्धा हुने भएको छ । मेचीनगर नगरपालिकाका संस्थापक मेयर, नेकपा एमाले झापाका पूर्व अध्यक्ष, पूर्व जिल्ला इन्चार्ज र हालका झापा जिल्ला सहइन्चार्ज समेत रहेका कोइराला यस अघि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई संविधान सभा निर्वाचनमा हराएर संविधान सभाको सदस्य निर्वाचित भएका थिए । नेकपा एमालेका झापा इन्चार्ज एवम् पूर्व कानुन मन्त्री अग्नी खरेलले झापा क्षेत्र नम्बर १ बाट टिकट पाएपछि कोइरालाले पार्टीको निर्णय मान्दै प्रदेश सभा सदस्यमा उम्मेद्वार बन्न राजी भएका छन् । कोइरालालाई चुनाव जितेमा प्रदेश सभामुख वा प्रभावशाली मन्त्रालय दिने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आवश्वासन दिइएको बुझिएको छ ।
यत नेपाल तरुण दल झापाका सभापति  एव् युवा नेता गोपाल तामाङ्ग पनि झापा क्षेत्र नम्बर १ क बाट टिकट पाएर चुनाब लड्दैछन् । मेचीनगरका दर्जनौं संघ संस्थाको अध्यक्ष भएर कुशल नेताको छबि बनाएका तामाङ्ग अघिल्लो आम निर्वाचनमा प्रदेश सभामा समानुपातिक तर्फ उम्मेद्वार थिए । कोइराला र तामाङ्ग दुबै मेचीनगर ६ का बासिन्दा भएकोले उनीहरुको चुनावी प्रतिस्पर्धा रोचक हुने विश्लेषकहरुको बुझाइछ ।
गोपाल तामाङ्ग युवाहरु माझ लोकप्रिय छन् भने कोइराला एमाले झापाका कुशल संगठकका रुपमा परिचित छन् ।
सबैभन्दा धेरै मतदाता रहेको मेचीनगर ६ को मत दुबैलाई बाँडिदा अन्य क्षेत्रको मत जीतहारका लागि निर्णायक हुन सक्से  आकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.