टिकट वितरणमा असंतुष्टी देखाउदै नेकपा माओवादीको नगर अध्यक्ष चिमरिया सहित सामूहिक राजिनामा

A notice in Nepali from Mechinagar Ward No. 10

२३ असोज, मेचीनगर : टिकट वितरणमा असंतुष्टी देखाउदै  नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले पदबाट राजीनामा दिएका छन् ।

चिमरियासहित माओवादी केन्द्र मेचीनगर सह-इन्चार्ज शान्तिराम चिमरीया, जिल्ला सचिवालय सदस्य विष्णु चौधरी, माओवादी केन्द्र मेचीनगरका उपाध्यक्ष बद्रीनाथ फूयाल, कोषाध्यक्ष दिनेश ओली, नगर सदस्य सुशिल राजवंशी, मुनिलाल राजवंशी, वाइसियल मेचीनगर सचिव दिपक राईलगायत १८ जना बढीले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका हुन् ।

चिमरियाले आफुले पदबाट राजीनामा दिएको र झापा क्षेत्र नम्बर १ प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी समेत दिने तयारी गरिरहेको जानकारी दिए ।

हेर्नुहोस् राजिनामा पत्र :

यो राजिनामा पत्र माओवादी केन्द्र मेचीनगरका कोषध्यक्ष दिनेश ओलीको फेसबुक वालबाट सभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.