सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने अब वाम एकता हुन सक्छ: माधव नेपाल

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, रौतहट : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताएका छन्।

रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए।

उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे।

संसदीय जितलाई उनले आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए।

पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनले बताए।

‘यो हामीले सोचेभन्दा कम हो। हाम्रा कमी-कमजोरी पनि भएका होलान्। तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने।

एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ।(सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.