झापा ५ बाट एमाले अध्यक्ष ओलीले दर्ता गराए मनोनयन

A notice in Nepali from Mechinagar Ward No. 10

२३ असोज, झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा- ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।

झापा- ५ बाट सत्तारुढ गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । उनी २०७४ सालमा सोही निर्वाचन क्षेत्रमा ओलीबाट पराजित भएका थिए ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली २०४८, २०५१ को मध्यावधि र २०५६ मा झापा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । २०७० सालमा झापा ७ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २ पटक प्रधानमन्त्री भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.