नेपाल खेलकुद महासंघद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

३ असार, बिर्तामोड : कोभिड १९ को बिषम परिस्थितिमा देशव्यापीरुपमा अभियानमा जुटेको नेपाल खेलकुद महासंघले नेपाल पत्रकार महासंघ झापालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
अभियान अन्तर्गत विहीबार झापाको बिर्तामोड आईपुगेको टोलीले मास्क , सेनीटाइजर प्रदान गरेको हो ।
खेलकुद महासंघका सचिव सन्तोष बान्तवा, बासु नेपाल, स्थायी कमिटी सदस्य सन्तोषी श्रेष्ठ, उमेश खतिवडाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौलालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
त्यसक्रममा खेलकुद महासंघका सचिव सन्तोष बान्तवाले सचेतनाको पाटोसँगै जोखिम मोलेर नागरिकलाई सही सूचना प्रवाहमा खटेका सञ्चारकर्मीलाई कार्यस्थलमा सुरक्षित रहँदै थप हौसला प्रदान गर्न स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।
ठूलो परिणाममा सहयोग गर्न नसकेपनि मनोवल उच्च राख्न र जनतालाई भयबाट मुक्त बनाउनका लागि अभियान सञ्चालन गरेको उनले बताए ।

फोटो : विनेद पाण्डे

त्यस्तै खेलकुद महासंघका अर्का सचिव बासु नेपालले संगठनको निर्णयअनुसार सात प्रदेशका ७७ वटै जिल्ला र सबै स्थानीय तहलाई अभियानमा जोड्ने लक्ष्य रहेको बताए । उनले हालसम्म ७२ जिल्लामा अभियान पुगेको जनाए ।
पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले महामारीको संकटपूर्ण घडीमा अग्रपंक्तिमा काम गर्ने पत्रकारको सुरक्षाका लागि सामग्री प्रदान गरेर हौसला बढाएको भन्दै खेलकुद महासंघलाई धन्यवाद ज्ञापन गरे ।
झापा सचिव भवानी बरालले सञ्चालन गरेको कार्यक्रममा  खेलकुद महासंघको तर्फबाट सुरज श्रेष्ठ, प्रतापसिंह कार्की,सुरेश कार्की, सुवास मेचे, सुरेन धिमाल, राजकुमार ओली तथा पत्रकार महासंघको तर्फबाट बिनोद पाण्डे, रञ्जित परियार,होमप्रकाश अधिकारी, रेजीना रोदन, नरेन्द्र ढकाल लगायतको सहभागिता थियो ।
कोभिड १९ मा फ्रन्टलाईनमा खटिएका स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीलाई हौसला प्रदान गर्दै सचेतनामुलक कार्यक्रम गर्न महासंघले वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.