अन्तर्राष्ट्रिय भन्सार दिवसमा सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

१२ माघ, मेचीनगर : ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार मेची भन्सार कार्यालय काँकरभिट्टाले विभिन्नक्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । हरेक वर्ष २६ जनवरीमा अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरेर मनाउने गरिएको छ ।

भन्सार कार्यालयको सभाकक्षमा आयोजित सम्मान समारोहमा कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सम्मान पत्र प्रदान गर्नुभएको थियो । आयाततर्फ राजस्व असुलीमा उल्लेखिय योगदान दिने नेपाल आयाल निगम र सर्वाेत्कृष्ट निर्यातकर्तातर्फ गोर्खा टि स्टेट प्रालि फिक्कल इलाम लाई सम्मान गरिएको छ ।

आयाल निगमको सम्मान पत्र शाखा प्रमुख भीमबहादुर विक र गोर्खा टि स्टेट प्रालि फिक्कल इलामको उरुषा चापागाईँले ग्रहण गर्नुभएको थियो । ‘डेटा संस्कृति अँगालेर र डाटा इकोसिस्टम निर्माण गरेर भन्सार डिजिटल डिजिटल रुपान्तरणलाई बढाउँदैं’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा एजेण्ट प्रतिनिधि नित्तम पौडेललाई सम्मान गरिएको छ । कर्मचारीतर्फ नायव सुब्बा लक्ष्मीप्रसाद गुारगाईँ,कम्प्युटर अपरेटर अरुणकुमार साह, लेखापाल लक्ष्मीबहादुर रामदाम, कार्यालय सहयोगी जयबहादुर राईलाई सम्मान गरियो ।

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छवि रिजाल, मेची भन्सार एजेण्ट संघका अध्यक्ष मोहन निरौला, मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषि तिम्सिना, सम्मानित व्यक्तित्वहरुकातर्फबाट गोर्खा टि स्टेट प्रालि फिक्कल इलामको उरुषा चापागाईँलगायतले बोल्नुभएको थियो । प्रमुख भन्सार अधिकृत केशवराज ओलीले सहभागी सवैलाई स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.