प्रधानमन्त्री र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असार, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। प्रधामन्त्री भेट्न लिउ बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिउ बालुवाटारबाट बाहिरिइसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणामा आएका हुन्। प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ।

लिउले सोमबारबाट राजनीति भेटवार्तालाई तीव्रता दिनेछन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने तय भएको छ।

उनी चार दिने भ्रमणको लागि नेपाल आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.