एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । ट्रीजर रिलिज भएदेखि  निकै चर्चामा रहेको रणवीर कपुर,बबी देओल र रश्मिका मान्दाना स्टारर बलिउड फिल्म ‘एनिमल’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । हलले उच्च शो दिदै बुधबारदेखि एड्भान्स टिकट बिक्री थालेका छन् ।

बुधबार मध्यान्हसम्म ५० प्रतिशत हाराहारीमा टिकट बिक्री देखिन्छ । बिहीबार बेलुकासम्म टिकट सोल्डआउट हुने अनुमान छ । एड्भान्स टिकट बिक्री र शो संख्या हेर्दा फिल्मले शुक्रबार डेढ करोड नेरु हाराहारीमा ओपनिङ गर्ने देखिन्छ ।
क्यूएफएक्सले देशव्यापी ७० शो दिएको छ । सिनेप्लेक्ससहित आईएनआईको ३८ शो छ । बिग मुभिजका आठ शोमा रातो घेरा लागेको देख्न सकिन्छ । काठमाडौं र उपत्यकाबाहिरका हलमा समेत एड्भान्स टिकट बिक्री राम्रो देखिएको छ ।

त्यस्तै विश्वभरी करिब ५० करोड भारुको ओपनिङ गर्ने र करीब ७ सय करोड भारु  ग्रस कलेक्सन गर्ने समेत प्रक्षेपण गरिएको छ।त्यसैगरि भारतीय क्षेत्रीय फिलिम बङ्गाली,पन्जावी,मलायम,कन्नड उद्योगलाई असर गर्न सक्ने पनि अनुमान गरिएको छ।एनिमल फिलिम हिन्दी,तेलगु,तालिममा समेत डबिङ गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.