महिला साफमा भातरमाथि नेपालकाे ऐतिहासिक जित, पाँचौं पटक फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

३१ भदौं, काठमाडौँ : महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक भारतमाथि जित निकालेको छ। शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतमाथि ऐतिहासिक जित निकाल्ने नेपालले १–० को जित निकाल्यो।

यसअघिका पाँचैं संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो। जसमध्ये नेपाल ४ पटक फाइनल र एक पटक सेमिफाइनलमा पराजित भएको थियो।

यता, अघिको पाँचौं उपाधि अपराजित रहँदै जितेको भारतको यो पटक पनि लागतार दुई हार बेहोरेपछि पहिलो पटक फाइलन पुग्न असफल भएको छ। यसअघि उ समूहको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको थियो।

भारतविरुद्ध नेपाललाई जित दिलाउने क्रममा पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गरेकी थिइन्। उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन्।

पहिलो पटक साफा च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अब फाइनलमा बंगलादेशको सामाना गर्ने छ। बंगलादेशले आजै भएको सेमिफाइनलमा भुटानमाथि ८–०को जित निकालेको थियो। याेसँगै महिला साफले नयाँ विजेता पाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.