
६ चैत्र, काँकरभिट्टा : स्थगित भएको स्ववियु निर्वाचनको सहमति पछि पुन : निर्वाचन तालिका प्रकाशित भएसँगै ३ विद्यार्थी संगठन/समूह बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको मनोनयमा नेपाली काँग्रेस निकट नेपाल सिद्यार्थी संघ, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेकपा एस निकट अनेरास्ववियू, राप्रपा निटक राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियूको संयुक्त प्यानल राष्ट्रवादी प्रगतिशील प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल विद्यार्थी संघबाट अध्यक्षमा विशाल तामाङ्ग, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट रोशन भूजेल र राष्ट्रवादी प्रगतिशील प्यानलबाट विनम सरदारको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक हेमकुमार खड्काले बताउनु भयो ।
त्यस्तै नेपाल विद्यार्थी संघबाट सचिवमा सुवास खत्री, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट सन्देश पौडेल र राष्ट्रवादी प्रगतिशील प्यानलबाट सुरज राजवंशीको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी नेपाल विद्यार्थी संघबाट कोषाध्यक्षमा निशा धमला, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट प्रतिमा रिजाल र राष्ट्रवादी प्रगतिशील प्यानलबाट अनुषा अर्यालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति सदस्य दुर्गाबहादुर लुइटेलले बताउनु भयो ।
हेर्नुहोस् उम्मेदवारहरुको नामावली :



























