६ भाद्र, विराटचोक : नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय प्रदेश नम्बर १, विराटनगरद्वारा नेपाल स्काउटको ४८ औँ उड्वाय्ज तथा ४० औँ गल्स् एडभान्स तालिम सोमबारबाट मोरङ्ग जिल्लाको सुन्दर हरैंचा नगरपालिका विराटचोकमा सुरु भएको छ ।
नेपाल स्काउट प्रदेश स्काउट कार्यालय प्रदेश नं. १ विराटनगरद्वारा इन्द्रपुर जेसिज भवनमा आयोजना गरेको तालिमको उद्घाटन प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो ।
यो विशिष्टिकृत तालिम भएकोले यसबाट सहभागी शिक्षकहरुले उच्च स्तरको ज्ञान प्राप्त गरुन भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको राष्ट्रिय प्रशिक्षक एवम् तालिमका पुरुष तर्फको कोर्ष लिडर बिजेन्द्र ध्वजुले जानकारी दिनुभयो ।
यस तालिममा प्रदेश १ का १४ वटा जिल्लाका यस अघि बिटिसी/पिटिसी तालिम प्राप्त गरि सकेका शिक्षकहरु सहभागी छन् । ३२ जना पुरुष र १८ जना महिला सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरु बिजेन्द्र ध्वजु, निर्मला अधिकारी, शिवकुमार पौंडेल, शकुन्तला सुब्बा, सहायक राष्ट्रिय प्रशिक्षकहरु अरुण वस्नेत, शिवानी देवान, नवलप्रसाद उपाध्यय, रविन्द्र वासुकला, योगेश हाडा, मौसमी गुरुङ्ग लगायतले सो तालिममा स्काउटिङ्गका विभिन्न विषय वस्तुम तालिम प्रदान गर्नुहुने छ ।
तालिमका कोर्ष लिडरहरुमा पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक बिजेन्द्र ध्वजु र महिला तर्फ राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी हुनुहुन्छ । नेपाल स्काउट, प्रदेश नं. १ का संयोजक रवि खनालको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले स्काउटिङ्गको संगठनात्मक विकासको लागि सुन्दरहरैचा नगरपालिकाको तर्फबाट यथेष्ठ सहयोग रहिरहने प्रतिवद्धता जनाउनुभयो । उहाँले तालिममा सहभागी हुन भएका सम्पूर्ण विद्यालयका प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिदैं नगरपालिकामा स्काउटको एडभान्स तालिम इतिहासमै पहिलो कोसे ढुङ्गाको रुपमा सावित हुने प्रतिबद्धता जनाउनुभयो ।
स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट तालिम आवश्यक रहेको विशिष्ट अतिथि एवम् सुन्दरहरैचा नगरपालिका उपप्रमुख अक्कलीदेवी चौधरीले बताउनु भयो ।
तालिमको औचित्यमाथि राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारीले प्रकाश पार्नुभएको थियो ।
स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै प्रदेश स्काउट कार्यालयले तालिमको आयोजना गरिएको प्रदेश १ का संयोजक रवि खनालको जोड रहेको थियो । वहाँले स्काउटको वर्तमान संरचनाको बारेमा समेत चर्चा गर्नुभएको थियो ।
यसै अवसरमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं र उपप्रमुख अक्कलीदेवी चौधरीलाई प्रदेश संयोजक रवि खनालले दिक्षा प्रदान गर्नुभएको थियो । नेपाल स्काउटको वर्तमान संरचनामा स्थानीय तहका प्रमुख संरक्षक र उपप्रमुख प्रमुख स्काउट रहने व्यवस्था रहेको छ ।
प्रदेश नं. १ का स्काउटरहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नेपाल स्काउट प्रदेश नं. १ तदर्थ समिति सदस्य भास्कर खनालले स्वागत तथा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय प्रदेश नं. १ का कार्यालय प्रमुख नवराज घिमिरेले सञ्चालन गर्नुभएको थियो भने नेपाल स्काउट प्रदेश नं. १ संयोजक रवि खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।





















