लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२७ माघ, बिर्तामोड : लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार  सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय सकरात्मक र सृजनात्मक भन्दा पनि नकरात्मक विषय प्रति मान्छेहरुको ध्यान धेरै गएको बताउनु भयो । सामाजिक सञ्जाल प्रयोगमा यस प्रकारका कुराहरु बढी रहेको भन्दै उहाँले सकरात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी नगर प्रमुख प्रसाईले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्यूनीकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकालाई हिंसा विरुद्वको नगरपालिकाको रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले महिला र पुरुष विचमा मात्र नभई महिला महिला विच पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने धारणा राख्नु भयो ।
अभिमुखिकरण कार्यक्रममा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष, त्रिदेव बहुमुखि क्याम्पस प्राध्यापक संघ इकाई समितिकी सभापति सावित्रा दाहाल भट्टराईले प्रशिक्षण प्रदान गर्नु भयो । नगर उपप्रमुख संग्रौलाको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्य, सीता ढुंगाना (विक), शर्मिला राजवंशी, संगीता सिवा,तिला गौतम, निर्मला गजमेर, लक्षिमा खतिवडा लगायत महिला जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.