भण्डारीको जन्मजयन्तीमा रक्तदान

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असार, मेचीनगर : तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको बिहीबार ७२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईएको छ । भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन झापाले बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटि बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा कोशी प्रदेशसभाका पूर्व प्रदेशसभा सदस्य एवम् नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य वसन्त बाँनियाले ४८ औँ पटक रक्तदान गरेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले २७ औँ पटक रक्तदान गर्नुभयो । कार्यक्रममा कुल ३५ जनाले रक्तदान गरेका थिए ।

अनेरास्ववियू सहआयोजक रहेको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले झापा जिल्ला कमिटीका इञ्चार्ज विशाल भट्टराई हुनुहुन्थयो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद’(जबज)को सिद्धान्त प्रतिपादन गरी स्वर्गीय भण्डारी जनतामाझ लोकप्रिय हुन सफल भएको स्पष्ट पार्नुभयो ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ । एमालेसँग तत्कालीन नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्दा पनि नेताहरुले भण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका थिए ।

वि.सं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिनु भएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो। भण्डारी त्यसबेला ४१ वर्ष उमेरका मात्रै हुनुहुन्थयो । उहाँ नेपालको राजनीतिक वृत्तमा माक्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक हुनुहुन्थयो ।

नेकपा एमाले झापाका कार्यालय सचिव शिव ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य मीना पोखरेल उप्रेती, प्रदेश कमिटि सचिवालय सदस्य लक्ष्मी राई नेताहरु हरिचरण शिवाकोटी, बद्री भट्टराई, टीकाराम मंग्रान्ती, नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, मेचीनगर अध्यक्ष खेमराज पोखरेल, अनेरास्ववियूका केन्द्रिय सचिव मनोज ताम्ली, केन्द्रिय सदस्य रोशन लामा, झापा अध्यक्ष बलराम गिरीलगायतको उपस्थिती रहेको थियो । देशभर फाउण्डेसन र एमालेले रक्तदान, विचार गोष्ठी लगायतका कार्यक्रमको आयोजना गरी भण्डारीको जन्मजयन्ती मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.