१८ फागुन, मेचीनगर : साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालको दोस्रो कृति कविता संग्रह भुईँफूल को लोकार्पण भएको छ ।
झापाको ऐतिहासिक पर्यटकीय एवम् धार्मिक स्थल भद्रपुर—२ स्थित किच्चकबधमा भाषाविद् झर्रोवादी आन्दोलनका अभियन्ता पूर्वका मोतीराम भट्टका नामले परिचित वरिष्ठ साहित्यकार चुडामणि रेग्मीको प्रमुख आतिथ्यता र किच्चकबध संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दीलबहादुर थेवेको विशेष आतिथ्यितामा भएको कार्यक्रममा कृति लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यक्रम भानु साहित्यिक प्रतिष्ठान मेचीनगर—६ ले आयोजना गरेको थियो । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि रेग्मी, विशिष्ट अतिथि, अतिथिसहित श्रष्टा भट्टराई, उहाँका पति दुर्गाराम अर्याल र अन्य साहित्यकारहरुले संयुक्तरुपमा कविता संग्रह भुईँफूलको लोकार्पण गर्नुभएको थियो । कथाकार भुवन सुब्बा खरेलले कृतिकार भट्टराईको व्यक्तित्वका बारेमा जानकारी गराउनुभयो । प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारीले भुईँफूलको समिक्षा गर्नुभएको थियो ।
कविहरु खगिन्द्रा खुशि, लता खरेल, मीरा काफ्ले पोखरेल, तुलसीप्रसाद भट्टराई र कृष्ण निराकारले लोकर्पण भएको कृतिभित्रका एक÷एकवटा कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा सुनिता तामाङले गजल, मारवाडी भाषाका कवि सत्यनारायण तायलले मारवाडी र माने हास्दाले सन्थाल भाषामा कविता वाचन गर्नुभएको थियो । कृतिकारको पहिलो कृतिबाट हरि पौडेलले संगीत गर्नुभएको कवितालाई कलाकारहरु लक्ष्मी मिश्र र प्रणामी पुष्पा र दिपेन कटवालले गीतको लयमा प्रस्तुत गर्नुभएको थियो । क्षितिज प्रतिष्ठान नौमती बाजा समूहका अध्यक्ष माया सिटौला र उपाध्यक्ष देविमाया प्रसाई र कोषाध्यक्ष संगीता रिजालले सन्देशमुलक लघुनाटक प्रस्तुत गर्नुभएको थियो ।

सुसेली साहित्यिक परिवार मेचीनगरका अध्यक्ष पुण्यप्रसाद खरेल, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाका अध्यक्ष कोमलप्रसाद पोखरेल, पूर्व सांसद् पुष्पराज पोखरेल, अनेसास शिलिगुडीका अध्यक्ष लतिका जोशी, अलइण्डिया रेडियोकी कार्यक्रम प्रस्तोता ललिता जोशी, लेखनाथ पुस्ताकलय चन्द्रगढीका सभापति विरही अधिकारी, वहुभाषिक साहित्य, कला संगीत प्रतिष्ठान झापाका अध्यक्ष संगीताकर हरि पौडेल, मातृकला साहित्य आश्रमका अध्यक्ष मातृका संग्रौला, भद्रपुर माध्यमिक विद्यालयका पूर्व प्रधानध्यापक आरएन प्रधान, साहित्य, कला संस्कृति प्रतिष्ठान विर्तामोडकी अध्यक्ष भगवती ढुंगेल, इन्द्रेनी साहित्य समिति धुलावारीकी अध्यक्ष मीरा पोखरेल, क्षितिज साहित्य प्रतिष्ठान विर्तामोडका अध्यक्ष तुलसप्रिसाद भट्टराई, वान नेपालकी अध्यक्ष नमुना निरौला, समालोचक चुडामणि वशिष्ठ, साहित्यकार हाम सुवेदी, किच्चकबध भजन किर्तन टोलीका अध्यक्ष सीतादेवि न्यौपानेलगायत स्वदेश एवम् विदेशका कवि, कलाकारहरुको कार्यक्रममा निक्कै ठुलो सहभागिता रहेको थियो ।

साहित्य चौतारी विर्तामोडका सहसचिव देवीचरण भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत आयोजक संस्था भानु साहित्यिक प्रतिष्ठान मेचीनगर—६ का उपाध्यक्ष डिल्लीराम घिमिरेले गर्नुभएको थियो ।
























