भद्रपुरमा “फर्स्ट भद्रपुर युथ समिट २०८०” हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

१४ जेठ, भद्रपुर : भद्रपुरमा कोशी प्रदेशमै पहिलो पटक युवा सम्मेलन हुने भएको छ । भद्रपुर नगर युवा परिषदले आयोजना गर्ने लागेको प्रथम भद्रपुर युवा सम्मेलन यहि जेठ १८ र १९ गते हुनलागेको परिषद सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिनुभयो। यो सम्मेलनको मुख्य उदेश्य स्थानीय विकासमा युवाको सहभागिता सबल नेतृत्व विकास , प्रविधि र उद्यमशिलता रहेको छ । ” फर्स्ट भद्रपुर युथ समिट २०८०” भनिएको यस सम्मेलनमा युवामा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यवहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने उद्देश्य रहेको सदस्य सचिव पौडेलले बताए । दुई दिवसीय उक्त कार्यक्रममा सम्बन्धित विषयका विशेषज्ञहरू, वैज्ञानिक तथा सामाजिक अभियन्ताहरुले सहजीकरण गर्ने जनाइएको छ । सदस्य सचिव पौडेलका अनुसार महावीर पुन, टीकाराम यात्री, नवराज पराजुली, दयासागर श्रेष्ठ, महेश दाहाल, सोनिका पौडेल, राहुल केसी, बसन्त अधिकारी, प्रदीप पौडेल, माधव ढुंगेल लगायतले सहजीकरण गर्नेछन् । उनीहरुले युवा नेतृत्व विकास, उद्यमशीलता, जीवनोपयोगी सीप, सकारात्मक सोच, मिडिया तथा डिजिटाइजेसन, दिगो विकास लक्ष्य, सुरक्षित आवास सहर, युवा प्रतिभा प्रस्तुतिकरण तथा सम्मान, लागुपदार्थ दुर्ब्र्यसनी न्यूनीकरण, सुशासन लगायतका विषयमा सहजीकरण गर्ने जनाइएको छ । नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता भएको छलफल कार्यक्रममा सहभागीहरूले कार्यक्रमलाई कसरी सफल बनाउने बारेमा आआफ्नो राय सुझाव राखेको जनाइएको छ । युवा परिषद भद्रपुरका कार्यकारी उपाध्यक्ष सरोज ढकालका अनुसार युवा भेलामा १६ देखि ४० वर्षसम्मका २०० जनालाई सहभागी गराइने छ । खुल्ला अनलाईन बाट ५० जना सहभागी छनोट गरिने ।भद्रपुर नगरमा युवाको क्षेत्रमा कृयाशिल संघसंस्थाहरु बाट ३० जना (१ संस्थाबाट १ जना )।नगर युवा परिषद्का सदस्यहरु तथा स्वयंसेवक २० जना ।पर्यवेक्षक नगरका इच्छुक फरक उमेर समुहका लगायत युवा अभियानमा जोडिएका व्यक्तिहरु आवश्यकता अनुसार नगर युवा परिषद्ले व्यवस्था गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.