कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गर्न सिफारिस

A notice in Nepali from Mechinagar Ward No. 10

८ जेठ, बिराटनगर : कोशी प्रदेश सरकारले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश २०८० लाई प्रदेशसभामा पेश गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिए ।

बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.