धरानका मेयर साम्पाङले झाडु सहित जनता बोलाए

A notice in Nepali from Mechinagar Ward No. 10
Estimated Reading Time: १ min • Total Words: ९२

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले जनतालाई झाडुसहित उपस्थित हुन आह्वान गरेका छन्।

धरानमा फोहोर थुप्रिएको र यसलाई सफाइ गर्दै सरसफाई अभियानलाई सुरुवात गर्ने उनले जनाएका छन्।

फेशबुकमा स्टाटस लेखेर अभियानको बारेमा उनले जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘भोलि दिनको ३ बजे भानुचौकमा झाडु लिएर आउनु होला ! भानु चौक वरिपरि सफाइ गरौँ ! आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागु गर्न गराउन सहयोग गर्नु होला ! जय धरान !’

स्वतन्त्रबाट मेयर जितेका साम्पाङले सरल तरिकाले सिर्जनात्मक काम गर्दै परिवर्तन ल्याउने अभियान सुरु गरेका छन्। यस्तै कामहरूबाट उनी दिन प्रतिदिन चर्चामा आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.