अब मलाई चुनाव हार्ने छुट छैन : महामन्त्री शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

१४ भाद्र, बिर्तामोड : नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता विश्वप्रकाश शर्माले आफूलाई यस पटक चुनाव हार्न छुट नभएको बताउनुभएको छ।

मङ्गलवार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा उपस्थित शर्माले यस्तो बताउनुभएको हो। महामन्त्री शर्माले आफू यस पटक झापा क्षेत्र नम्बर १ मा तेस्रो पटक उम्मेदवार बन्ने इच्छा राखेको बताउनुभयो। शर्माले आफूले तेस्रो पटकको ट्रायल पास गर्ने दाबीसमेत गर्नुभएको छ।

यसअघि सोही स्थानमा दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका रविन कोइराला र २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका नेता राम कार्कीसँग उहाँ पराजित हुनुभएको थियो। शर्माले भन्नुभयो, ‘निर्वाचनमा उम्मेदवार बन्ने विषय आन्तरिक छलफलमै छ। त्यसबारे गठबन्धनमा पनि कुरा भइरहेको छ।’

अघिल्लो निर्वाचनमा जुन पार्टी जहाँबाट जितेको थियो, सोही ठाउँमा त्यही पार्टीका उम्मेदवारलाई टिकट दिने गठबन्धन दलबीच मापदण्ड बनेकाले आफूले टिकट पाइहाल्ने निश्चित भई नसकेको उहाँको भनाइ छ। निर्वाचनमा उठ्न पाए झापा क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिनेसमेत शर्माको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईँ, नेकपा एमालेका जिल्ला सदस्य देवराज कार्की, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य गोविन्दचन्द क्षेत्रीलगायतले धारणा राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.