झापाबाटै चुनाव लड्ने विश्वप्रकाशको घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

१ भाद्र, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनाव लड्ने घोषणा गरेका छन् । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटबारे नटुंगिदै महामन्त्री शर्माले झापाबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

गठबन्धनबीच तालमेल भएको अवस्थामा कांग्रेसका पदाधिकारीहरुलाई नै टिकट पाउन हम्मेहम्मे पर्ने चर्चा चलिरहँदा महामन्त्री शर्माले उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उनी झापा–१ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । गठबन्धनको छलफलमा अघिल्लो पटक हारेको स्थानमा सोही उम्मेदवार र दललाई निरन्तरता नदिने गरी छलफल चलिरहेको छ । सोही अनुरुप विश्वप्रकाशलाई काठमाडौं–५ मा उम्मेदवार बनाउने बारे चर्चा चलेपछि उनले ट्वीटमार्फत गृहजिल्लाबाटै चुनाव लड्ने बताएका हुन् ।

बुधबार ट्वीटमा महामन्त्री शर्माले लेखेका छन् ‘फेरि प्रस्ट्याउँ, वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो !  काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै, तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.